एन आइसी एशिया बैंक भीमफेदी शाखाले दियो निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना

पालिका डायरी
२४ जेष्ठ २०७९, ०६:१७

राम कुमार दानी

हेटौंडा / एन आइसी एशिया बैंक भीमफेदी शाखाले सोमबार  एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाको  निर्वाचित अध्यक्ष उपाध्यक्ष लगाएत वडा अध्यक्षहरुलाई कार्यकाल सफल्ताको शुभकामनाको साथै बधाई  तथा आभार व्यक्त गरेको छ ।

एन आइसी एशिया बैंक क्षेत्रीय प्रमुख हेटौंडाका दिर्घराज  सापकोटा, भीमफेदी शाखाका शाख प्रमुख  बिपिन  पौडेल लगाएत भीमफेदी साखाको कर्मचारिहरुको उपस्थितमा कार्यक्रम भएको थियो ।

बधाई कार्यक्रममा आफ्नो छोटो भनाइ राख्दै भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले एन आइसी एशिया  बैंकलाई धन्यवाद दिदै  हामी हिजो  भीमफेदिमा जनप्रतिनिधि भएर आउदै गर्दा  भीमफेदिमा कुनै पनि बैंक नहुदा एन आइ सि एशिया बैंक यस ठाउँमा आएर बस्दा हामिले गर्व गरेका थियौ  । अहिले क बर्गको  पाँचवटा बैंक यस ठाउँमा आइसकेको अबस्थामा पनि हामिले सरकारको मापदन्डको आधारमा गाउपालिकाले एन आइसि एशिया बैन्कसङ्ग काम गरिरएको अब्स्था हो लामाले भने  ।

लामाले उध्यमी पहिचान गरेर गाउँपालिका वासिलाइ ऋण प्रबाह गर्न  आग्रह गरे उध्यमी पहिचानगरि ऋण लगानी गर्न बैक तयार भए पालिकाको मान्छे उध्यमी होकि हैन उस्लाई  ऋण दिन योग्य होकि होइन भनेर हामी गाउपालिकाको तर्फबाट सिफारिस गरेर पठाउने पनि लामाले भने  ।

यसै कार्यक्रममा  एन आइसी एसिया बैंकका क्षेत्रीय प्रमुख हेटौंडाका दिर्घराज सापकोटाले फर्म  दर्ता गरेको भरमा भन्दा  गाउपालिकाले असल किसान र असल फर्म  पहिचान गरेर सिफारिस गरिदिदा हामिलाई  काम गर्न सजिलो हुन्छ उनले भने । हामिले असल किसान वा फार्म पहिचान गर्न नसक्दा असल ब्याबसायी मर्कामा परेको बताए । उनले उध्यमिले भन्दा कामै नगर्नी ब्यक्तिले ऋण लिइरहेको हुदा  बैंकलाई पालिकाले असल ब्याबसायी पहिचान गरेर ऋण लागानिको लागि  सिफारिस गरिदिदा  हामीलाई  ऋण लगानी गर्न सजिलो हुने धारणा व्यक्त गरे । गाउँपालिकाले असल किसान् मेहनती फार्म हो भनेर सिफारिस गरे ऋण प्रभा गर्न तयार छौ उनले भने ।

सापकोटाले बैंकले महिला उधेमसिलताका क्षेत्रमा ऋण लगानी गर्न  प्राथमिकतामा लियको जानकारी गराए  । भीमफेदीमा स्थानिय तहले दिएको गाइड्लाइनको आधारमा ऋण प्रभा गर्न तयार छौ उनले भने ।

कार्यक्रममा भीमफेदी गाउँपालिकाको उपाध्यक्ष सन्जिब श्रेष्ठ वडा अध्यक्षहरु सागर पाण्डे जहार सिङ्ग लामा प्रमुक प्रशासकिय अधिकृत भिमलाल महर्जन योजना अधिकृत बद्री साप्कोटा लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया