चितवनमा पेस्तोलसहित एकजना पक्राउ
file photo
चितवनमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोलसहित सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दीपक पुन पक्राउ परेका हुन् ।
ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया