बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनको तयारी

पालिका डायरी
२३ जेष्ठ २०७९, १२:२२
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

बाजुराको बुढीगंगा नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन विवादित पछि रोकीएको चुनाव अब हुने भएको छ । केही स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन ।

त्यहाँ खटाइएको निर्वाचन अधिकृत नै फेरिएका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँलाई दिइएको छ । चुनाव यहि जेठ महिनाभित्रै गर्ने तयारी निवार्चन आयोगले थालेको छ । त्यस्तै, प्रमुख जिल्ला अधिकारी (सिडियो)ं पनि परिवर्तन गरिएको छ । नेपाल प्रहरीले डिएसपीमा सुर्यबहादुर थापा र गंगादत्त पन्तलाई बाजुरा ल्याइएको छ। यसैगरी, नर्वाचन अधिकृतमा लक्ष्मण बशादुर कडायतले ल्याइएको छ।

प्रतिक्रिया