मनसुन भित्रिएपछि लमजुङ र सिन्धुलीमा सबैभन्दा धेरै वर्षा

पालिका डायरी
२३ जेष्ठ २०७९, १२:१५
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

मनसुन भित्रिएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको छ । वाग्मती, मधेस प्रदेश र प्रदेश-१ को मौसम अहिले सामान्यदेखि पूर्ण बदली भएको छ भने अन्य क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली छ ।

पूर्वी क्षेत्रबाट आएको बादलका कारण वाग्मती, मधेस प्रदेश र प्रदेश-१ का धेरै ठाउँको मौसम पूर्ण बदली भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशका केही ठाउँसहित गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा अहिले पानी परिरहेको छ ।

गएको २४ घण्टामा लमजुङ र सिन्धुलीमा सबैभन्दा धेरै वर्षा भएको छ । लमजुङको खुँदी बजारमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ भने सिन्धुलीको कुसुन्टारमा ८८ मिलिमिटरभन्दा धेरै पानी परेको मौसमविद् सापकोटाले बताउनुभयो ।

यस्तै, पोखरामा लामापाटनमा पनि ६० मिलिमिटरभन्दा धेरै पानी परेको छ । यी क्षेत्रका खहरे खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश-१ बाट भित्रिएको मनसुन एक हप्ताभित्र देशभर फैलने अनुमान गरिएको छ । नेपालमा समान्यतया जुन १३ तारिखमा मनसुन भित्रने भनिए पनि यसपालि मनसुन ५ तारिखमा नै मनसुन भित्रिएको छ । आज जुन ६ तारिख हो।

प्रतिक्रिया