सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाउँदै छ : गगन थापा

पालिका डायरी
२३ जेष्ठ २०७९, ११:५२
सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाउँदै छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताउनु भएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले दण्ड जरिबानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै टिप्पणी गर्नुभयो ।

यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गर्नु भएको हो । तयारीविना इम्बोस्ड नम्बर अनिवार्य गर्न खोजेको भन्दै आलोचना

सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । अहिले प्रदेश-२ को नामाकरण भइसकेको छ भने अब प्रदेश-१ को मात्रै नामाकरण बाँकी छ ।

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ । २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो ।

प्रतिक्रिया