एकीकृत समाजबादिले स्वास्थ तथा जनसंख्या मन्त्री खतिवडा सहित सबै मन्त्रीहरूलाई फिर्ता बोलायो

पालिका डायरी
२२ जेष्ठ २०७९, १७:१३
सांसद विरोध खतिवडा मन्त्री बन्दै file photo

हेटौंडा / नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद सहित फिर्ता बोलाउने निर्णय गरियो’ उनले खनालले भने । आइतबार बसेको पार्टी सचिवालयको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । फिर्ता बोलाएपछि नयाँलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी छ ।

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।

प्रतिक्रिया