सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

पालिका डायरी
२२ जेष्ठ २०७९, ११:४५
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा काराेबार भएकाे छ ।

प्रतिक्रिया