संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, भीमफेदीलाई कति ?

पालिका डायरी
२१ जेष्ठ २०७९, १२:१५
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, भीमफेदीलाई कति ?

सुनिता बिष्ट

हेटौंडा  / आर्थिक बर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुर जिल्लाले ४ अर्ब २९ करोड ३९ लाख रुपैंया बजेट पाएको छ । समानिकरण अनुदान तर्फ १ अर्ब ४० करोड ६६ लाख अनुदान संघीय ससरकारले छुट्याएको छ ।

त्यस्तै सशर्त अनुदान तर्फ २ अर्ब ६५ करोड ५८ लाख रहेको छ भने, बिशेष अनुदान तर्फ ११ करोड ४५ लाख अनुदान छुट्याएको छ । त्यस्तै समपुरक अनुदानमा ११ करोड लाख रुपैंया मकवानपुरलाई संघीय सरकारले अनुदान उपलब्ध गराउने भएको छ ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकाले १ अर्ब भन्दा धेरै पाउने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २३ करोड ६२ लाख रुपैंया अनुदान रकम उपलब्ध गराउने भएको छ ।

भीमफेदी गाउँपालिकाको लागि चालु आर्थिक बर्ष २०७९/०८० को लागि संघीय सरकारले कुल ३५ करोड ५९ लाख रुपैंया अनुदान रकम उपलब्ध गराउने भएको छ । संघीय सरकारले समानिकरण अनुदानमा गाउँपालिकालाई ११ करोड २६ लाख, सशर्त अनुदानमा २० करोड ७६ लाख, बिशेष अनुदानमा ६० लाख रुपैयाँ र समपुरक अनुदानमा ३ करोड रुपैंया उपलब्ध गराउने छ ।

त्यस्तै चालु तर्फ ३० करोड ५३ लाख अनुदान उपलब्ध गराउनेछ भने पुँजीगत तर्फ ५ करोड ६० लाख रुपैंया संघीय सरकारले उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया