संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, हेटौंडालाई कति ?

पालिका डायरी
२१ जेष्ठ २०७९, ११:४७
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, हेटौंडालाई कति ?

सुनिता बिष्ट

हेटौंडा  / आर्थिक बर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुर जिल्लाले ४ अर्ब २९ करोड ३९ लाख रुपैंया बजेट पाएको छ ।

समानिकरण अनुदान तर्फ १ अर्ब ४० करोड ६६ लाख अनुदान संघीय ससरकारले छुट्याएको छ । त्यस्तै सशर्त अनुदान तर्फ २ अर्ब ६५ करोड ५८ लाख रहेको छ भने, बिशेष अनुदान तर्फ ११ करोड ४५ लाख अनुदान छुट्याएको छ । त्यस्तै समपुरक अनुदानमा ११ करोड लाख रुपैंया मकवानपुरलाई संघीय सरकारले अनुदान उपलब्ध गराउने भएको छ ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकाले १ अर्ब भन्दा धेरै पाउने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २३ करोड ६२ लाख रुपैंया अनुदान रकम उपलब्ध गराउने भएको छ । हेटौंडा उपमहानगरपालिकाका लागि संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ६ करोड ९५ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ । संघीय सरकारले बजेट मार्फत यो रकम छुट्याएको हो।

संघीय सरकारले समानिकरण अनुदानमा उपमहानगरपालिकालाई ३५ करोड ७६ लाख रुपैया, सशर्त अनुदानमा ६८ करोड ४७ लाख रुपैयाँ उपलब्ध गराउने छ । ससर्त अनुदान चालु तर्फ २ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराउने छ भने पुँजीगत तर्फ २ करोड ७३ लाख रुपैंया संघीय सरकारले उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया