नेपाली फुटबल टिम एसियाली छनोट खेल्न आज कुवेत जाँदै

पालिका डायरी
२१ जेष्ठ २०७९, ११:३९

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिम एसियाली छनोट खेल्नका लागि आज कुवेत जाने अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।

कतारमा १० दिनको तयारीपछि नेपाली टिम कुवेत जान लागेको हो। नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेलेको थियो। त्यहाँ नेपालले टिमोर लिस्टेको यू-२३, श्रीलंका र ओमनसँग तीन अभ्यास खेल खेलेको थियो। त्यसमध्ये दुई खेलमा नेपालले बराबरी गरेको थियो।

शुक्रबार राति सम्पन्न ओमनसँगको खेलमा भने नेपालले २-० को हार बेहोरेको छ। नेपालविरुद्ध ओमनले पहिलो हाफमा गोलरहित बराबरी गरे पनि दोस्रो हाफमा दुई गोल गरेको हो।

बन्द रंगशालामा भएको खेलमा नेपालविरुद्ध ओमनमा अल मलिकल र इस्सम अल सबाहीले गोल गरेका थिए। तीन खेलको तयारीपछि नेपाली टिम कुवेतमा हुने एसिया कप छनोटको लागि प्रस्तान गर्न लागेको हो। यता प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै नेपाल एसिया कपमा छनोट नहुने बताइसकेका छन्।

त्यसको केहि हप्तापछि प्रशिक्षकले १० सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर पठाएर १४ नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए। उनले अहिले नेपाली युवा टिम बनाएको र यो टिमले अब ७,८ वर्ष मज्जाले खेल्ने दाबीसमेत गरेका छन्।

प्रतिक्रिया