नव निर्वाचित अध्यक्ष लामाको ध्यान शिक्षामा ब्यवस्थापन समिति र प्र.अ. संग गरे छलफल

पालिका डायरी
१९ जेष्ठ २०७९, १७:२७
नव निर्वाचित अध्यक्ष लामाको ध्यान शिक्षामा ब्यवस्थापन समिति र प्र.अ. संग गरे छलफल

राम कुमार दानी

हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपामा रहेको ८ वटा प्रा.बी. र एउटा मा. बि. बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्ष र बिद्यालयको प्र.अ. सङ्ग बिद्यालयको शैक्षिक सुधार तथा ब्यवस्थापन सम्बन्धी छलफल गरेको छ ।

आज भएको छलफल कार्यक्रममा वडा अध्यक्ष बिस्णु बहादुर लामाले वडामा रहेको सबै बिद्यालयको शैक्षिक अबस्थाको बारेमा जानकारी लिने उदेश्यले छलफल कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

लामाले केही बिद्यालयमा बिगत केही बर्षदेखि बिद्यालयका सम्बन्धित प्रा.अ. बाट आफ्नो जिम्मेवारी राम्रोसङ्ग पुरा नगरेको र पठनपाठनमा गम्भीर समस्या आयको जनगुनासोको कारण आज यो छलफल कार्यक्रम राखिएको अध्यक्ष लामाले बताए । लामाले हामी हिजो के भयो के गरियो हामिलाई थाहा छैन । अब म र मेरो टिम यस वडाको शिक्षा स्वास्थ भौतिक पुर्बाआधारमा जनताको सासक नभै सेबक भएर आगाडी बड्नेछु भन्दै मेरो पहिलो ध्यान यस वडाको शिक्षा क्षेत्रमा गएको जानकरी दिए । लामाले यस्तो खाले छलफल वडाको सबै क्षेत्रमा गरिने पनि जानकारी दिए ।

कार्यक्रममा भीमफेदी गाउँपालिका शैक्षिक सुपरिबेक्षेक गोबिन्द चौलागाईंले वडामा रहेको बिद्यालयको भौतिक पाटो र शैक्षिक सुधारको बारेमा जानकारी गराए । चौलागाईंले केही शिक्षकको मनोमानिताको कारण काम गर्ने शिक्षकले पनि जस नपाएको प्रष्ट पार्दै उनले हिजो जे जे भए पनि अब आउने दिनमा आफ्नो कर्तव्यलाई सम्झेर पालना गर्न शिक्षकहरुलाई आग्रह गरे । उनले अब आजको दिनदेखि यस क्षेत्रका आम जनसमुदायले बिद्यालयको पठनपाठनको विषयमा जनगुनासो नआउनेमा आफू आसाबदी भएको धारणा ब्यत्त गरे । चौलागाईंले गाउँपालिका शिक्षा शाखाले गराउनु पर्ने यो छलफल वडा कार्यालयबाट गराएकोमा नब निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण टिमलाई धन्यवाद पनि दिए ।

यसैगरी श्री पन्चकन्या माध्यमिक बिधालयका प्र.अ. सुरेश कुमार ठकुरिलाई तपाइँलाई यो कार्यक्रम कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनले यो कार्यक्रम अतिनै फल्दायी रहेको प्रतिक्रिया दिए यो कार्यक्रम भीमफेदी गाउँपालिकाकोनै पहिलो र नमुना कार्यक्रम रहेको जानकारी दिए । ठकुरीले यो कार्यक्रम प्रत्येक छ छ महिनामा गर्दा जनप्रतिनिधि शिक्षक बिद्यार्र्थी र अभिभावकसङ्ग नङ्ग र मासुको सम्बन्ध रहने पनि प्रष्ट पारे ।

कार्यक्रममा नब निर्वाची जनप्रतिनिधिहरु नबराज अधिकारी राजकुमार श्याङ्गतन र भीमफेदी गाउँपालिका वडा नमर ८ मा रहेको ८ वटा प्राबी र एउटा माध्यमिक बिधालयका प्र अ र बिधालय ब्यबस्थापन समितिको अध्यक्षहरुको उपस्थिती रहेको थियो

प्रतिक्रिया