राेकिएन सेयर बजार ओरालो यात्रा, लगानीकर्ताको मनोबल घट्दै

पालिका डायरी
१८ जेष्ठ २०७९, १६:०४
लगातार चार दिन बढेको शेयर बजार आज घट्यो

साताको तेस्रो कारोबर दिन बुधबार पनि सेयर बजार घटेको छ । सोमबार र मंगलबार उच्च अंकले घटेको बजार आज पनि सामान्य अंकले घटेको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक ७ दशमलव २१ अंकले घटेर २१३० दशमलव ७१ विन्दुमा झरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएयता बजार निरन्तर घटिरहेको छ । बजेटले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसक्दा उनीहरुको मनोबल झनै घटेको हो । आज ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १ दशमलव १७ अंकले घटेर ४१४ दशमलव ४७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच भएको छ ।आज कारोबार रकम पनि सोमबार र मंगलबारको तुलनामा घटेको छ । आज एक अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमा ३ वटा समूह मात्र सकारात्मक देखिएको छ । बाँकी १० उपसमूह राताम्य बनेको छ ।

प्रतिक्रिया