हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पालिका डायरी
१८ जेष्ठ २०७९, १२:५७
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ कर्रा पुल नजिकै बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नामथर नखुलेको अन्दाजी ३०-३५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार एक बसलाई बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया