आजदेखि मेलम्चीको पानी वितरण बन्द

पालिका डायरी
१७ जेष्ठ २०७९, १७:१५

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका ९गेट० बन्द गरेको छ । योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ ।

सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै मंगलबारदेखि उपत्यकामा मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको जनाइएको छ ।

मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । शाखाले खानेपानी वितरण तालिका हेरफेर गरी नयाँ सूचना जारी गर्नेसमेत जनाएको छ । बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ ।

प्रतिक्रिया