हेटौंडा कपडा उद्योग संचालनमा ल्याइने

पालिका डायरी
१५ जेष्ठ २०७९, २१:१९

हेटौंडा कपडा उद्योग संचालनमा ल्याइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै बन्द रहेको कपडा उद्योग उपयुक्त ढांचामा संचालनमा ल्याइने बताएका छन् ।

हेटौंडा कपडा उद्योगको २०३२ सालमा शुरु भएको थियो । नेपाल र चीन सरकारको संयुक्त लगानीमा स्थापना भएको यो उद्योग २०३५ सालबाट औपचारिकरुपमा सञ्चालनमा आएको थियो ।

देशमै कपडा उत्पादन गरी आयात घटाउने र कपास खेती विकास गर्न मद्दत पुर्याई कृषि उत्पादनमा विविधिकरण एवं रोजगारी वृद्धि गर्ने उद्देश्य लिइ करिब २० करोड रुपैयाँमा स्थापना भएकाे कपडा उद्योग २०५७ सालयता बन्द अवस्थामा छ ।

 

 

प्रतिक्रिया