बिपन्न परिवारलाई महालक्ष्मी बैंकको सहयोग

पालिका डायरी
१५ जेष्ठ २०७९, २१:१२

हेटौंडा / महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले २८ औं वार्षिक उत्सवको अवसरमा आज बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

हेटौंडा ३ मिलनटोलस्थित पन्च बहादुर सुनारको परिवारलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरको बैंकका हेटौंडा शाखा प्रमुख सम्भु प्रसाद पराजुलीले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक उत्सवको अवसरमा चामल, तेल लगायत खाद्यान्न सहयोग गरिएको उनले बताए । सुनारको तीन छोराछोरी दृष्टिबिहिन छन् । एक छोरीले उनलाई आरनमा काम गर्न सहयोग गर्दै आएकी छिन् । बैंकले यस अघि हेटौंडामा वार्षिक उत्सवकै अवसरमा रक्तदान कार्यक्रम, साहित्यीक कार्यक्रम पनि आयोजना गरेको थियो ।

प्रतिक्रिया