राप्रपाको ३३ औं स्थापना समारोह सम्पन्न

पालिका डायरी
१५ जेष्ठ २०७९, १९:३२

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टीले ३३ अौ स्थापना दिवस समारोह सम्पन्न गरेको छ । उक्त समारोहमा पुर्व केन्द्रीय सदस्य तथा बरिस्ठ नेता नवराज बिष्ट, पुर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता दिपक बहादुर सिंह, नेता ध्रुव सञ्जेल, क्षेत्रीय सदस्य ऋषिलाल श्रेष्ठ लगायतकाहरुले अाफ्नो धारणा व्यक्त गर्नु भएको थियो । जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे बिगत , बर्तमान र भविष्यका बारे चर्चा गरिएको थियो ।
कार्यक्रममा काङ्ग्रेसका संस्थापक नेताहरु बिपि कोईरालाको मेलमिलापको नीति काङ्ग्रेस संग नरहेको , गणेशमान सिंह द्वारा पार्टी परित्याग गरेको र कृष्ण प्रसाद भट्टराई जस्ता सन्त नेताले समेत गणतन्त्र र संघियताको बिरोध गरि साधारण सदस्य समेत नरहने गरि परित्याग गरेको बिषयमा काङ्ग्रेसले जनतालाई घोका दिने गरि त्यागी नेताहरुको नाम बेचेको धारण अग्रज नेता सिताराम बर्तौलाले व्यक्त गर्नु भयो ।
नेता नवराज बिष्टले मकवानपुरको राष्ट्रबादि अान्दोलनमा अाफ्नो जीवनको उर्जावान समय उत्सर्ग गरेको तर पार्टीको उच्च तह बाट सधै फुट र सत्ता लिप्साबाट चुनावमा सफलता प्राप्त गर्न नसकिएको तर हालको यो राष्ट्रबादि लहरले र सत्ता लिप्सा भन्दा टाढा रहेको राप्रपा नेतृत्वबाट देशको उज्ज्वल भविश्य रहनेमा अाफु अास्वस्त रहेको बताए । विगतलाई सम्झिदै पार्टिका पुर्व सभापति लोक बहादुर थापा संग रहदा भएको बम अाक्रमण र राप्रपा हु भन्दा ज्यान जान सक्ने परिस्थिति सामना गरेर अाएको र कहिल्यै पनि यो बिचार र अास्थाबाट न डग्मगाउने कुरा व्यक्त गरेका थिए ।

क्षेत्रिय सदस्य ऋषीलाल श्रेष्ठले राप्रपाको सिद्वान्त बिचार र विगतको चर्चा गर्दै विगतको सत्ता लिप्सा स्वार्थको नेतृत्वबाट संगठन भद्रगोल भएको र अझै पनि कमल थापा लाई स्थापित गर्न अाफ्ना सदस्यहरुलाई फोन अाई रहेको तर मकवानपुरले अब कमल थापालाई स्थापित गराउदैन त्यो भ्रमबाट मुक्त हुनु पर्नेमा जोड दिए ।

नेता दिपक बहादुर सिंहले अाफु मकवानपुर छोडेर नजाने बारे प्रष्ट पारे मकवानपुरको जनता समक्ष फेरि जाने फेरि
चुनावबाट भ्रष्टहरुको पत्तासाफ जनताले गर्नेमा जोड दिए । कुनै कागजको गठबन्धनले जनतालाई बाध्न नसक्ने जनताले सुसासन र बिकासको पक्षधर राप्रपालाई भोट दिने र जनता संगको मन मुटुको गठबन्धन सफल पार्नेमा जोडदिएका थिए । हाल हेटौंडा उप महानगरपालिकाको नेतृत्वबाट जनताले अाशा गरेको र अाफुले पनि सुझाब दिएको तर गठबन्धनको नेतृत्व कुर्सी र्स्वार्थमा यहि तल्लिन भयो कि सोफा कुर्सी टेबलबाटै भ्रष्टाचार गन्हाएको बताए । जनतालाई भेडा बाख्रा न सम्झिन अाग्रह गर्दै उस्तै परे जनताले झुटको खेति गर्नेहरुलाई सडकमा अोराल्न सक्नेमा सचेत रहनु पर्ने बताए ।

सो कार्यक्रमबाट राप्रपाको सैद्धान्तिक र राजनितीक समीक्षा समेत भएको थियो । विभिन्न दलबाट पार्टी परित्याग गरेका व्यक्तिहरुले पार्टी प्रवेश समेत नेता दिपक बहादुर सिंहद्वारा गराएका थिए ।

प्रतिक्रिया