२२ जना यात्रुसहितको तारा एयरको विमान मुस्ताङमा दुर्घटना
आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ। चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो। यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्।
पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएको थियो। विमान आइतबार बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो। विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। उनीसँगै सह-पाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका छन्।
यात्रु तथा चालक दलका सदस्यहरूको स्वास्थ्य स्थितिबारे आधिकारिक जानकारी आएको छैन। पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया


