सम्पर्कविहीन जहाजमा २२ जना भएको पुष्टि, अझै सम्पर्कमा आएन जहाज

पालिका डायरी
१५ जेष्ठ २०७९, ११:२५
सम्पर्कविहीन जहाजमा २२ जना भएको पुष्टि, अझै सम्पर्कमा आएन जहाज

कास्की / सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै सम्पर्कमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्की अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेका थिए । यसअघि १९ जना मात्रै रहेको बुझिएको थियो ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको (९ एन एईटी) विमान २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर एक घण्टामा पनि जोमसोम पुग्न सकेको छैन ।

अहिले मौसम पनि प्रतिकुल रहेको जनाइएको छ । विमान खोजिका लागि सम्पूर्ण प्रयासहरु जारी छ ।

प्रतिक्रिया