गठबन्धनको नियत एमालेलाई जसरी पनि हराउने ः कैलाश ढुंगेल
हेटौंडा / बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गठबन्धनको नियत जसरी पनि एमालेलाई हराउने रहेको बताएका छन् । शनिबार प्रदेश सभाको प्रि बजेट छलफलमा बोल्दै ढुंगेलले गबन्धनको ध्यान कसरी एमालेलाई हराउने, कसरी एक्लै पार्ने, कसरी अरुसँग मिल्न लागे रोक्ने भन्ने मात्रै भएको बताए ।
उनले अरु राजनीतिक दलहरुले गठबन्धन गरेको बेला नेकपा एमालेले जनतासँग गठबन्धन गरेको बताए । उनले भने, ‘हाम्रो विचार जनतासँग मिल्छ । त्यसैले हामीले जनतासँग गठबन्धन गर्यौं । अहिलेको गठबन्धन स्वार्थको लागि मात्रै भएको हो । यदि यो विपी कोइराला, पुष्पलाल र कालमाक्र्सले माथी थाहापाउनु भयो भने अहिलेको गठबन्धन उहाँहरुले पनि राम्रो मान्नुहुन्न ।’
प्रतिक्रिया