पेट्रोलियम पदार्थमा लगाइएको कर हटाई जनतालाई राहत दिनुपर्छ : दाहाल

पालिका डायरी
१४ जेष्ठ २०७९, १४:३५
हामीलाई आत्मसमर्पणभन्दा मृत्यु स्वीकार्य छ: प्रचण्ड file photo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेको बताएका छन् ।

दाहालले कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विषयमा प्राथमिकता दिएकाले सही मार्गमा डोहोरिएको बताए ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उनले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएको अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताए । दाहालले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन् ।

नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया