बागमती प्रदेश : सोमबार नीति तथा कार्यक्रम टेबल हुने

पालिका डायरी
१३ जेष्ठ २०७९, १७:०७

हेटौंडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७९।०८० को लागि नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा पेश गर्ने भएको छ ।

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । त्यही दिन बस्ने दोस्रो बैठकमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूचि तय भएको छ ।

जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया