साँढे तीन बर्षसम्म पनि एमालेले प्रदेशको भौतिक संरचना निर्माण गरेन ः बानियाँ

पालिका डायरी
१३ जेष्ठ २०७९, १४:३२

हेटौंडा / नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले नेकपा एमालेको सरकारले प्रदेशमा भौतिक संरचनाहरुको निर्माण गर्न नसकेको बताएका छन् ।

बागमती प्रदेश सभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै बानियाँले साँढे तीन बर्षको अवधिमा एमालेको सरकारले केहि पनि संरचना निर्माण गर्न नसकेको बताएका हुन् । बानियाँले भने ः ‘प्रदेशमा आवश्यक भौतिक संरचना निर्माण गर्न साँढे तीन बर्षसम्म पनि नेकपा भन्ने एमाले प्रदेशलाई बलियो बनाउन एउटा पनि संरचना बनाउन उन्मुख भएन ।’

लोकतान्त्रिक अभ्यासलाई पूरा गर्दै गठबन्धनको सरकारले जित हाँसिल गर्न सफल भएको समेत बताए । पार्टीगत भन्दा पनि व्यक्ति राम्रो भयो भने जनताले चुन्दो रहेछन् भन्ने पनि यो निर्वाचनले सिकाएको उनले बताए । स्वन्त्रबाट निर्वाचित मेयरहरुको उदाहरण दिँदै उनले भने, ‘अब पार्टी भन्दा पनि नेपाली जनताले प्रतिनिधिको काम र व्यवहार हेर्ने छन् भन्ने प्रष्ट भएको छ ।’

प्रतिक्रिया