निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग भयो ः अष्टलक्ष्मि शाक्य

पालिका डायरी
१३ जेष्ठ २०७९, १४:२५

हेटौंडा / बागमती प्रदेशको पुर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा पाँच दलिय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् । बागमती प्रदेश सभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै पुर्वमुख्यमन्त्री शाक्यले लोकतन्त्र माथिनै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको बताईन् । उनले ५ दलिय गठबन्धनले एमाले एक्लै संग प्रतिस्पर्दा गर्नको लागि निर्वाचन आचारसंहिता विपरितको कामहरु गरेको बताईन् ।

उनले प्रदेश सभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको बताउँदै यसबाट सच्चिनु पर्ने बताईन् । उनले शक्ति पाएपछि दुरुपयोग गर्नमा सरकार लागिपरेको बताईन् । उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । उनले देशभर उच्च मूल्यवृद्धि भएको बताईन् ।

प्रतिक्रिया