केशव स्थापितले बालेन साहलाई दिए बधाइ

पालिका डायरी
१३ जेष्ठ २०७९, १२:५६

काठमाडौं / काठमाडौं महानगरपालिकाकको मेयरमा पराजित नेकपा एमाले उम्मेदवार केशव स्थापितले बालेन साहलाई बधाइ दिएका छन् ।

उनले काठमाडौंको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने भन्दै हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने बताए ।

स्थापितले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘काठमाडौं महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु । पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु ।’

उनले जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षाले यो पटक पूरा हुन नसकेको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौं म र मेरो पुस्तौँपुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

प्रतिक्रिया