हेटौंडामा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भए

पालिका डायरी
१२ जेष्ठ २०७९, १२:३१

हेटौंडा / पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दा हेटौंडामा पक्राउ परेका अनेरास्ववियुका नेताहरु रिहा भएका छन् ।

बिहिबार बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल,जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुस्कर तिम्ल्सिना र युवा संघका रजकुमार घिमिरे रिहा भएका हुन् ।

अनेरास्वयुको मूल्यवृद्धि विरुद्धको कार्यक्रम अन्तर्गत जिल्लामा सरकारी सवारीहरुलाई आवतजावतमा रोक लगाउनले क्रममा उनिहरु पक्राउ परेका थिए । उनिहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु जारी राख्ने जनाएका छन् ।

अनेरास्वयुले मूल्यविरुद्ध देशभर सडक आन्दोलन गरिरहेको छ ।

सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको थियो । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

प्रतिक्रिया