मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दा हेटौंडामा अनेरास्ववियुका स्थायी कमिटी सदस्य पौडेल सहित ४ जना पक्राउ

पालिका डायरी
१२ जेष्ठ २०७९, ११:१५
मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दा हेटौंडामा अनेरास्ववियुका स्थायी कमिटी सदस्य पौडेल सहित ४ जना पक्राउ

हेटौंडा /  पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि विरुद्ध मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलसहित ४ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

आज बिहान क्याम्पस सडकबाट स्थायी कमिटी सदस्यसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुस्कर तिम्ल्सिना र युवा संघका नेता रजकुमार घिमिरे रहेका छन् ।

उनले अनेरास्वयुको मूल्यवृद्धि विरुद्धको कार्यक्रम अन्तर्गत जिल्लामा सरकारी सवारीहरुलाई आवतजावतमा रोक लगाईएको बताए । उनले प्रहरीले विद्यार्थीहरु नेताहरुलाई पक्राउ गर्नुअघि सम्म १० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको समेत बताए ।

नियन्त्रणमा लिएको सवारीको चाँबी प्रहरीमा बुझाउने कार्यक्रम रहँदै गर्दा विद्यार्थी नेताहरु पक्राउ परेको बताउँदै उनले यथाशिघ्र विना सर्त रिहाईको माग गरेका छन् । उनले प्रशासनले पक्राउ परेका नेताहरुलाई यथाशिघ्र रिहा नगरे संघर्ष गर्ने र त्यसको जवाफदेही प्रशासन आफै हुनुपर्ने बताए ।

प्रतिक्रिया