काठमाडौं महानगरको मेयरमा बालेन साह पक्का

पालिका डायरी
११ जेष्ठ २०७९
काठमाडौं महानगरको मेयरका उम्मेदवार बालेनद्वारा २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाको मतगणना नसकिँदै स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ। १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी रहँदा उनले २१ हजार एक सय २१ मतको अग्रता कायम राखेका छन्। जस अनुसार उनले गणना गर्न बाँकी भन्दा बढी मतान्तर कायम राखेका छन् ।

हालसम्म बालेनले ५५ हजार सात सय ४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार तीन सय ७१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्।

यद्यपि, जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मतपरिणाम भने सार्वजनिक गरेको छैन।

प्रतिक्रिया