थाहामा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न, माओवादी केन्द्रको स्पष्ट बहुमत

पालिका डायरी
१० जेष्ठ २०७९, १६:३५
थाहामा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न, माओवादी केन्द्रको स्पष्ट बहुमत

राज कुमार के.सी.

थाहा नगर / थाहा नगरपालिका नगरकार्यपालिका सदस्यको लागि मंगलबार भएको निर्वाचनमा माओबादी केन्द्रका उम्मेद्वारहरु बिजयी भएका छन् । कार्यपालिका महिला सदस्य ५ जनाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका ५ जना उम्मेद्वार निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रितु कार्कीले ३३ मत, अञ्जु श्रेष्ठले ३३ मत, अनिता बलले ३३ मत, चन्द्रमाया थिङले ३३ मत र पवित्रा कार्की ठकुरीले ३१ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एमालेका उर्मिला कामीले १८ मत, सानुमैंया बिश्वकर्माले १८ मत, शर्मिला बस्नेतले २० मत, बिमला पाख्रिनले १८ मत, कान्छीमाया वाईवाले १८ मत प्राप्त गरेका थिए । आजै भएका दलित/अल्पसंख्यक ३ जना सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका १ जना निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रामप्रसाद बिश्वकर्मले ३४ मत, राम दर्जीले ३४ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीका जनक बहादुर कामीले २९ मत प्राप्त गरेका थिए । साथै एमालेका अशोक खाती चनाराले २२ मत प्राप्त गरेका थिए । कार्यपालिका महिला सदस्य र दलित/अल्पसंख्यक कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेद्वारी दिएको थिएन भने मतदान प्रक्रियामा समेत सहभागी भएको थिएन ।

अब थाहा नगरपालिका नगर कार्यपालिकामा नेकपा माओबादी केन्द्रबाट १४ जना, नेपाली काङ्ग्रेसबाट ४ जना, नेकपा एमालेबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाको प्रतिनिधित्व रहनेछ । कार्यपालिका निर्वाचनमा निर्वाचित सबैलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोदकुमार लामाले बधाई दिनुभयो । लामाले कार्यपालिकामा आफ्नो पार्टीको स्पष्ट बहुमत भए पनि सबै दलको भावनाको सम्मान गरिने र नीति तथा कार्यक्रमहरुमा उचित स्थान दिई सहकार्यको संस्कृति कायम राख्ने बताउनुभयो ।

प्रतिक्रिया