थाहा नगरमा बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न

पालिका डायरी
१० जेष्ठ २०७९, १६:२४
थाहा नगरमा बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न

राज कुमार के.सी.

हेटौंडा / थाहा नगर बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

मंगलबार थाहा नगरपालिकाको कार्यालयमा नगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले हालसालैको बर्षका कारण अवरुद्ध थाहा नगरका सडकहरुको मर्मत गरी तत्काल सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशाशकीय अधिकृत हरिलाल पुरी, वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख, नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा, नेपाली कांग्रेसका नगर सभापति प्रमोद कृष्ण जोशी, राप्रपा नगर अध्यक्ष नविन रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया