नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक

पालिका डायरी
१० जेष्ठ २०७९, १४:५७
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक

काठमाडौं / नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ। समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको मा‌ओवादी केन्‍द्रले जनाएको छ।

मंगलबार संघीय संसदमा सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । त्यसअघि माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने’कार्यक्रम तय भएको छ ।

संसद् बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया