भीमफेदी गाउँपालिकामा लामाले गरे पदभार ग्रहण

पालिका डायरी
९ जेष्ठ २०७९, १२:२९

हेटौंडा / भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पदभार ग्रहण गरेका छन् ।

आज पदभार ग्रहण पछि लामाले आफुहरु गाउँपालिकाबासी जनताको सेवक भएर काम गर्ने बताएका छन् । साथै गाउँपालिकाको समृद्धिको यात्रा आफ्नो प्रमुख लक्ष्य हुने लामाले भने ।

लामाले आफुले आघिल्लो कार्यकालमा सुरु गरियको अधुरा रहेका याेजनाहरुलार्इ सम्पन्न गर्ने मुल योजना रहेको पनि बताए । पदभार ग्रहणमा लामाले आफू समग्र पालिकाबासिको अभिभावक भएकोले पक्षरहित ढङ्गले काम गर्ने पनि बताए । भीमफेदी गाउँपालिकाको उपाध्यक्ष संजिव श्रेष्ठ लागाएत निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम केहिबेरमा हुँदैछ ।

प्रतिक्रिया