मकवानपुरमा गाडी दुर्घटनामा ४ जनाको मृत्यु, ४ गम्भीर घाइते

पालिका डायरी
७ जेष्ठ २०७९, २१:१७

हेटौंडा / इन्द्रसरोवरमा शनिबार साँझ योद्धा गाडी   दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् ।दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूको अहिलेसम्म पहिचानको नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो ।

प्रतिक्रिया