इन्द्रसरोवरका जनप्रतिनिधीहरुले लिए पद तथा गोपनीयताको सपथ

पालिका डायरी
७ जेष्ठ २०७९
इन्द्रसरोवरका जनप्रतिनिधीहरुले लिए पद तथा गोपनीयताको सपथ

हेटाैंडा /  इन्द्रसरोवर गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गाउँपालिकाका नव निर्वाचित अध्यक्ष देवकृष्ण पुडासैनीले निर्वाचित ५ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ ७ गते शनिवारका एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको हो । कार्यक्रमकै बीच नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुडासैनी र उपाध्यक्ष लामाले पदभार समेत ग्रहण गरेका छन् ।

गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष उमाकुमारी लामा, वडा नं. १ का अध्यक्ष सुवास थापा मगर, वडा नं. २ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष प्रताप भोम्जन, वडा नं. ४ का अध्यक्ष चन्द्र कुमार बल, वडा नं. ५ का अध्यक्ष दुतराज तितुङ सहित सबै वडाका वडा सदस्यहरु, निवर्तमान जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
इन्द्रसरोवरका जनप्रतिनिधीहरुले लिए पद तथा गोपनीयताको सपथ