हेटौंडामा गठबन्धनको जीत हुने पक्कापक्की

पालिका डायरी
६ जेष्ठ २०७९, १७:२३
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका उम्मेदवार मिना कुमारी लामाले सबै भन्दा धेरै मत प्राप्त गरेकी छन् । हेटौंडाको मेयरमा गठबन्धन आउने लगभग पक्कापक्की भएको छ । हाल सम्मको मतगणनामा मिना लामाले २१,९९३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले १९,९१६ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उममेदवार दिपक बहादुर सिंहले १९३९३ मत प्राप्त गरेका छन् । अहिले पनि मतगणना भैरहेको छ । अबको केही समय भित्रै हेटौंडाको अन्तिम मतगणना सार्बजनिक हुने छ ।

प्रतिक्रिया
mat gananaa