एमाले उम्मेद्वारले गठवन्धनका उम्मेद्वारलाई दिए बधाई

पालिका डायरी
६ जेष्ठ २०७९, १७:१५

हेटौंडा / नेकपा एमालेको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदका उम्मेद्वारले प्रतिस्पर्धी गठवन्धनका उम्मेद्वारलाई मतगणना स्थल पुगेर बधाई दिएका छन् ।

एमालेको तर्फबाट मेयरका उम्मेद्वार अनन्तप्रसाद पौडेल तथा उपमेयरकी उम्मेद्वार सुमित्रा काफ्लेले गठवन्धनबाट नेकपा एकिकृत समाजवादीकि उम्मेद्वार मिना लामा तथा नेपाली कँंग्रेसबाट उपमेयरका उम्मेद्वार राजेश बानीयाँलाई जितको शुभकामना तथा बधाई दिएका हुन् ।

मतगणना जारी रहदा गठवन्धनको जित करिब निश्चित भएपछि एमालेका उम्मेद्वारहरुले जितको बधाई दिएका हुन । बधाई ब्यक्त गर्दै एमालेका प्रत्यासी पौडेलले समृद्ध हेटौँडा निर्माणमा आफुहरुको सधै सहयोग हुने बताए । बधाई ग्रहण गर्दै मेयरकी उम्मेद्वार लामाले चुनावी प्रतिस्पर्धालाई चुनावमा मात्र सिमित राखेर सहकार्य गरि अघि बढ्ने बताईन् ।

प्रतिक्रिया