हेटाैंडा उपमहानगर मेयरमा एकीकृत समाजवादीकाे अग्रता कायमै, राप्रपाका सिंह तेस्राेमा

पालिका डायरी
५ जेष्ठ २०७९, १७:४२
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

हेटाैंडा / सत्तारुढ गठबन्धनको उम्मेदवारले हेटौंडा उपमहानगरपालिकामा आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । सत्तारुढ गठबन्धनतर्फ हेटौंडाको मेयरकी उम्मेदवार नेकपा (एस) की मीनाकुमारी लामा र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले आफ्नो अग्रतालाई बढाएका हुन् ।

हेटौंडामा जारी मतगणनाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल ५५ हजार ३८७ मत गणना हुँदा लामाले १७ हजार ३४३ मत प्राप्त गर्नुभएकाे छ । उहाँ नेकपा एमाले मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेलभन्दा ११ सय ८० मतले अगाडि हुनुहुन्छ । नेकपा एमालेका उम्मेदवार पौडेलले १६ हजार १६३ मत प्राप्त गर्नुभएकाे छ भने मेयरमै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १५ हजार ५१४ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले २३ हजार ८९७ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १७ हजार २८० मत प्राप्त गर्नुभएकाे छ ।

प्रतिक्रिया