हेटौंडामा ५२ हजार भन्दा धेरै मतगणना हुँदा गठबन्धनको अग्रता कायमै

पालिका डायरी
५ जेष्ठ २०७९, १२:३४
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको अहिले सम्म ५२९०१ मत गणना हुँदा पहिलो स्थामा गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका तर्फबाट मेयर पदका उम्मेदवार मिना कुमारी लामा अगाडि रहेकी छिन् । लामाले १६४७१ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले मतअन्तरलाई साघुरो पार्दै १५४०९ मत प्राप्त गरेका छन् । प्रारम्भिक ंमतगणना अनुसार हाल पौडेल र लामाको १०६२ मतअन्तर रहेको छ । यस्तै दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह बुधबार साँझ देखि नै तेस्रो स्थानमा रहेका छन् । सिंहले १४७४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले २३८९७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले १७२८० मत प्राप्त गरेकी छन् । यसैगरी राप्रपाका उपमेयरका उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ३७०८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया