बागमती गाउँपालिका ६ नम्बर वडामा एमालेका टेकबहादुर विजयी
हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ ।
गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका टेक बहादुर डिमडुङ विजयी भएका छन् । डिमडुङले ७ सय ७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।
अर्का अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार छेवाङ स्याङ्तानले ६ सय ७५ मत प्राप्त गरे। डिमडुङ वडाध्यक्षमा विजयी भएसँगै बागमतीमा नेकपा एमालले पहिलो पटक खाता खोलेको छ । यस अघि वडा १ देखि ५ सम्म लगातार माओवादी केन्द्रका तर्फबाट उम्मेदवारहरु वडाध्यक्षमा निर्वाचित भएका छन् । अहिले ७ नम्बर वडाको मत गणना भईरहेको बागमती निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया