हेटौंडामा पुनः अघि लाग्यो राप्रपा

पालिका डायरी
३ जेष्ठ २०७९
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

हेटौंडा / हेटौंडा उपमहानगरपालिकामा राप्रपाले पुन: अग्रता लिएको छ ।
प्रारम्भिक मतगणना अनुसार २७ हजार ४६२ मत गणना हुँदा राप्रपा अगाडि बढेको हो । राप्रपा ४८ मतले अगाडि रहेको छ । राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।

हालसम्म हेटौंडाको चारवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्म हेटौंडाको २ वटा वडामा कांग्रेस र २ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हाल हेटौंडामा आठवटा वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया