हेटौंडामा कस्को कति मत ?

पालिका डायरी
३ जेष्ठ २०७९, ०७:५९
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहेको छ । हाल सम्म २२ हजार ८ सय ५० मतगणना हुँदा राप्रपाका दीपकबहादुर सिंह अगाडि भएका छन् । सिंहले ८ हजार २ सय ६७ मत प्राप्त गरेका छन् । त्यस्तै उनको कडा प्रतिस्पर्धामा रहेकी गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका मेयर पदका उममेदवार मिना कुमारी लामाले ८ हजार ६७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकी छिन् । हेटौंडामा मतगरणाको सुरुवात देखि नै कहिले गठबन्धन कहिले राप्रपा अगाडि आउने क्रम चलिरहेको छ । प्रारम्भिक मतगणना अनुसार गठबन्धलाई २ सय मतले पछि पार्दै राप्रपा अगाडि बढेको छ । यसैगरी तेस्रोमा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयर पदका उम्मेदवार गठबन्धनका तर्फबाट राजेश बानियाँले ११ हजार ७ सय ९१ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८ हजार ३३ मत प्राप्त गरेकी छन् । यसैगरी राप्रपाका इन्दिरा न्यौपानेले २ हजार १० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
mat gananaa