हेटौंडा उपमहानगरपालिकामा एकिकृत समाजबादीकाे अग्रता

पालिका डायरी
२ जेष्ठ २०७९, १५:१५
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहेको छ । हाल सम्म १३१३८ मतगणना हुँदा गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका मेयर पदका उममेदवार मिना कुमारी लामाले ४ हजार १ सय ३५ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याउँदै राप्रपाका दिपकबहादुर सिंहले ३ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् । यसैगरी तेस्रोमा एमालेका उम्मेदवार अनन्त पौडेलले ३ हजार ४ सय ५८ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयर पदका उम्मेदवार गठबन्धनका तर्फबाट राजेश बानियाँले ५ हजार ९ सय ८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ४ हजार २ सय ५१ मत प्राप्त गरेकी छन् । यसैगरी राप्रपाका इन्दिरा न्यौपानेले ९ सय ५४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया