भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी

पालिका डायरी
२ जेष्ठ २०७९, ०६:१७

हेटौँडा / मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् ।

लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे । उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५३१५ मत प्राप्त गरे । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया