इन्द्रसरोवरमा एमालेले खाता खोल्यो

पालिका डायरी
१ जेष्ठ २०७९

हेटाैंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका गाउँपालिकामा एमालेले जीतको पहिलो खाता खोलेको छ । यो सँगै एमालेले अग्रता कायम गर्न सफल भएको छ । भर्खर सम्पन्न भएको इन्द्रसरोवर ३ नम्बर वडाको मतगणना अनुसार नेकपा एमालेको प्यानलले विजय हासिल गरेको छ । एमालेका प्रताप भोम्जन ११७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण पुरीले ६७९ मत ल्याए ।

यस्तै हाल सम्मको मत परिणाम अनुसार पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले अग्रता लिन सफल भएको छ ।

एमालेका देवकृष्ण पुडासैनी २६७० मत सहित अग्रपङ्क्तिमा रहेका छन् भने कांग्रेसका विश्वलाल लामा २४८६ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

यस्तै पालिका उपाध्यक्षमा एमालेका उमाकुमारी लामा २६१५ मत सहित प्रथम र २५३५ मत सहित कांग्रेसका निर्मला लामा दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
583382218received_772063850869689