काठमाडौं महानगर : बालेनले मतान्तर बढाए, स्थापितलाई पछ्याउँदै सिर्जना

पालिका डायरी
१ जेष्ठ २०७९, ११:२५

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । आइतबार साढे १० बजे सार्वजनिक गरेको मतपरिणामअनुसार उनले २२३८ मतका साथ अग्रता कायमै राखेका हुन् ।

‘लौरो’ चुनाव चिन्हका साथ प्रतिस्पर्धामा रहेका बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १२१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १०८१ मत पाएकी छन् । अहिलेसम्म ५ हजार ९८३ मत गणना भएको छ ।

प्रतिक्रिया