इन्द्रसरोवरमा मतदान सकियो, ८ हजार बढीले गरे मतदान
हेटौंडा / शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ८ हजार ५ सय ८० मत खसेको छ ।
गाउँपालिकाको १ नम्बर वडमा ७ सय ७४ मत झरेको छ भने २ मा २ हजर ६३ मत झरेको छ। त्यसैगरी वडा नम्बर ३ मा १ हजार ९८८ , वडा नम्बर ४ मा १ हजार १ सय १३ र वडा नम्बर ५ मा १ हजार ७ सय २३ मत झरेको छ ।
इन्द्रसरोबर गाउँपालिकामा ६ हजार ४६५ जना पुरुष र ६ हजार ६ जना महिला गरेर १२ हजार ४ सय ७१ जना मतदाता रहेका मध्ये ८ हजार भन्दा बढीले मात्रै मतदान गरेका छन् ।
अहिले मतपेटिका संकलन गरि इन्द्रसरोवरमा रहेको निर्वचन कर्यालयमा लाने तयारी भैरहेको छ।
प्रतिक्रिया