इन्द्रसरोवरमा बर्षाको कारण मतदान स्थगित, कतै प्लास्टिक ओढेरै मतदान

पालिका डायरी
३० बैशाख २०७९

हेटौंडा / बर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न असहज भएपछि केही मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगित गरिएको छ । इन्द्रसरोवर १ मा रहेको चन्द्र आधारभुत केन्द्रमा केही समयको लागि मतदान स्थगित गरिएको हो । बर्षा रोकिएपछि मतदान कार्यलाई निरन्तरता दिने बताइएको छ ।

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर २ मा रहेको पन्चकन्या मावि मतदान केन्द्रमा भने पानीको प्रवाह नगरी उत्साहजनक रुपमा मतदान भैरहेको छ । पानीबाट जोगिन प्लास्टिक र छाताको सहारामा इन्द्रसरोवरका मतदाताहरुले मतदान गरिरहेका छन् ।

प्रतिक्रिया