मकवानपुरका दशवटै स्थानीय तहमा मतदान केन्द्र तयार

पालिका डायरी
२९ बैशाख २०७९, २१:१२

हेटौंडा / मकवानपुरका दशवटै स्थानीय तहमा मतदान केन्द्र तयार पारिएको छ । भोलि शुक्रबार यहाँका ३६५ मतदान केन्द्रबाट नागरिकले मतदान गरेर आफ्ना प्रतिनिधि चयन गर्दै छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित दशवटै स्थानीय तहमा मतदान केन्द्रहरू तयार गरिएको हो ।

निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिएका अधिकारीले स्थानीयस्तरमा राजनीतिक दलका प्रतिनिधिसँग समन्वय गर्ने काम भइरहेको बताएका छन् ।

मकवानपुरका दशवटै स्थानीय तहमा मतगणना स्थलको तयारी पनि सकिइसकेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए । मकवानपुरमा १६५ वटा मतदानस्थल रहेका छन् । यस्तै, मकवानपुर जिल्लाका सबै स्थानीय तहमा निर्वाचनको सबै तयारी पूरा भएको मतदान अधिकृतले बताएका छन् ।

निर्वाचनका लागि कर्मचारी दिन रात नभनीकन खटिएका छन् । यस्तै, २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए, नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया