को हुन् राप्रपाबाट हेटौंडाको मेयरको उम्मेदवार दिपक सिंह ?

पालिका डायरी
२७ बैशाख २०७९

हेटौंडा / वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार हुन् दीपक बहादुर सिंह । बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विं.स. २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दीपकबहादुर ७÷८ बर्षको हुँदा आमाबाुले उनलाई लिएर हेटौंडा आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोवास हेटांैडा बन्यो ।

माध्यामिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन् । दिपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन् । तर दिपकको राजनीतिक यात्रा २४ बर्षको उमेरदेखि नै सुरु भयो ।

२४ बर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । यसैक्रममा विभिन्न संघसंस्थामा आवद्द उनी सुरुवात देखि नै राप्रपामा आवद्द छन् । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणी पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।

त्यस्तै २०५६ सालको संविधान सभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेल सँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए भने २०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुन परेको थियो । त्यस्तै २०६३ र ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए । यस भन्दा अघि ५ वटा निर्वाचनमा सहभागी भैसकेका सिंह आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर पदमा उम्मेदवार हुन् । उनी हेटौंडाका सफल उद्योगी व्यवसायी हुन् । उनको उद्योगहरुमा हाल पनि डेढ सय मानिसहरुले रोजगारी पाइरहेका छन् ।

 

प्रतिक्रिया
received_406221791091982