हलोमा मत दिनुस् सबैको भलो हुन्छ : दीपकबहादुर सिंह

पालिका डायरी
२६ बैशाख २०७९, २३:२८

हेटौंडा / आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको लमगि राप्रपाबाट मेयर पदका उम्मेदवार दीपकबहादुर सिंहले हलोलाई मत दिए भलो हुने बताए । सोमबार हेटौंडा १३ पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोध गर्ने क्रममा मत माग्दै हलोले सबैको भलो गर्ने बताएका हुन् ।

सिंहले देख्नेगरी र प्रचार कमाउने गी काम गरे जस्तो नदेखिए पनि सबैलाई सधैं सहयोग गरेको बताएका छन् । उनले भने ः मैलै २०७४ सालको चुनावमा कांग्रेसलाई सहयोग गरेकै हो । द्धन्द्धको बेला माओवादीका मान्छेलाई पनि सहयोग गरेको थिएँ । त्यो बेला चुनौती मोलेर को अघि बढ्यो भनेर सोध्नुभयो भने एउटै नाम पाउनुहुनेछ । त्यो नाम हो दीपक सिंह ।
त्यस्तै अहिले एमालेले बृद्धभत्ता ल्याएको भनिरहँदा मनमोहनको पालामा ल्याएको र मनमोहनकी नातिनी आफ्नो घरको बुहारी बनेको बताउँदै उनले भने ः सम्पुर्ण कम्रेडहरुले फुर्ती नलगाए हुन्छ । मनमोहनकै नातिनी मेरो घरको बुहारी हुन आएकी छिन् । अब यहाका भष्ट्रचारीले फुर्ती नगरे हुन्छ ।
त्यस्तै मेयरका उम्मेदवार सिंहले आफूमेयर जीत्नेमा ढुक्क रहेको बताउँदै जीत पछि हेटौंडालाई भष्ट्रचार मुक्त उपमहानगरपालिका बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया